सङ्खुवासभा । रक्तश्राव भएपछि सङ्खुवासभाकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बुधबार भोटखोला गाउँपालिका वडा नम्बर १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाण्डौ पुर्याइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।
२४ हप्ताको गर्भ रहेकी गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाण्डौ पुर्याइएको उनले बताए ।

















