काठमाडौं । अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी) का विषयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलले निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।
बुधवार दिउँसो बबरमहल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता सदनमा प्रवेश पाएपछि देशमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्दै निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको हो ।
बैठकले संसदमा आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवम् संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

















