विराटनगर । शिर्जनशिल समाज नामक सामाजिक संस्थाले महिलाहरूका लागि विराटनगरमा २ महिने सिलाई कटाइ सम्बन्धी तालिम सुरु गरेको छ । बुधवार एक कार्यक्रमका बिच प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले तालिमको उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटन गर्दै मन्त्री कार्कीले तालिमलाई उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । तालिम दिनेले दिनकै लागि र लिनेले बिनकै लागि जस्तो गर्ने भए तालिम नलिन उहाँको आग्रह छ । अको केही केही गर्छु भन्ने मान्छेले छुट पाइरहेको हुन्छ, उहाँले भन्नुभयो ‘यो मौकालाई केही सिक्छु र व्यवहारमा उतार्छु भनेर लागि पर्नुहोस् ।’
संस्थाले महिलाहरूलाई स्वरोजगार बनाउने काम गरेकोले प्रशंसा व्यक्त गर्दै, तालिम पछि यही संस्थाले रोजगारी दिने र नपाए आफूले महिलाहरूका लागि रोजगारीको प्रबन्ध गरिदिने उहाँको भनाई छ ।
प्रदेश १ सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयको सहयोगमा सञ्चालित तालिममा ३० जना महिलाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । तालिम आगामी वैशाख ११ गतेसम्म सञ्चालन हुने छ ।
https://www.facebook.com/100077556843540/videos/661867748291230/?__cft__[0]=AZXWj6sPBl_d1owC_anvsnUIZNqzSe0DTYzv6r0Fwv7f7Vo610YgI4TLR4Mh5Kil6CDSRRqa2C0DGAJ3yI4j-Ckh6c3dltUNLSbrRkCU3AzneZoaUwk8Ct347lW82R8Mt5RySpSlH-bOkt8lPxEVjCee&__tn__=%2CO-R

















