रामधुनी । आगलागीबाट पूर्ण रुपमा क्षति भएको म्याजिक सिनेमा हलमा पुनः सञ्चालनमा आएको छ ।
सुनसरीको रामधुनी–५ मा रहेको म्याजिक सिनेमा हल आगलागी भएको करिब साढे चार महिनापछि पुनःसञ्चालनमा आएको हो ।
गएको भदौ १२ गते विहान करिब ८ बजेको समयमा विद्युत सट भएर आगलागी भएको हल बुधबारबाट पुनःसञ्चालनमा आएको हो । चलचित्र क्षेत्रमा लामो समयम विताइसकेका हल संचालनक पर्शुराम चौधरीले सवा २ करोड लगानीमा गरेर पुन हल सचालनमा ल्याएको बताए । हल संचालनमा आएको दुई दिन सम्म सिनेमा प्रेमी दर्शकलाई निःशुल्क सिनेमा हेर्ने अवशर दिएको चौधरीले बताए ।
परिवार र साथिभाइको हौसलाले गर्दा आफुले पुरानै ठाउँमा मर्मत सम्भारगरी अत्याधुनिक सुविधा सम्पन्न हल संचालनमा ल्याउन सफलभएको चौधरीको भनाई छ ।
पहिले २५ फिट पर्दा भएकोमा हाल पुन निर्माण गर्दा बढाएर २८ फिट बनाइएको छ । पहिलेको भन्दा स्तरोन्नति गरी १७० सिट निर्माण गरिएको छ । पहिले १२ वटा साउण्ड बक्स भएकोमा हाल शंख्या बढाएर १८ वटा पुर्याइएको छ ।
हल जलेर पुर्ण रुपमा क्षती हुँदा पनि भवनको मात्र बिमा भएको बिमा कम्पनीले बताएको र क्षतिपुर्ति नपाएको भन्र्द हाल हलमा प्रयोग भएका सम्पूर्ण समानको विमा गरिएको सञ्चालक चौधरीले बताए ।


