विराटनगर । मोरङको विराटनगरबाट ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिराटनगर १२ का कुनाल सिंह रहेका छन । मंगलबार बेलुकी पौने ५ बजे बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटेको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित नियण्त्रणमा लिएको हो ।
प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

















