रामधुनी। बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मंगलबार राती बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–४ की ४१ वर्षीया लिली थारुको मृत्यु भएको हो ।
मंगलबार साँझ आफूले पालेका बंगुरलाई दाना दिन गएकी सैनवार गाउँकी लिलीलाई बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघले आक्रमण गरेको वडाध्यक्ष शेरबहादुर थारुले जानकारी दिए । । बाघको आक्रमणबाट गम्भीर घाइते भएकी लिलीलाई उपचारका भुरीगाउँ लगिएको थियो ।
राष्ट्रिय निकुञ्जको नजिक रहेका बस्तीका बासिन्दाहरु पटक–पटक बाघको आक्रमणमा पर्ने गरेका छन् । यस वर्ष मात्रै बर्दियामा बाघको आक्रमणबाट ४ जनाको मृत्यु भइसकेको छ ।


















