काठमाण्डौ । वरिष्ठ लोकगायक एवं कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा उनको निधन भएको हो ।
मंगलबार एक कार्यक्रमबाट घर फर्किने बेलामा गाडीबाट लड्दा टाउकोमा गहिरो चोट लागेको भनिए पनि औपचारिक पुष्टि भइसकेको छैन ।
सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पामा जन्मिएका लामा गायक, नृत्य निर्देशक, कलाकार, लोकगीत संकलक समेत रहेका थिए । लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरका छन् ।
लामाका चुईं चुईं चुइँकने जुत्ता, कलकत्ते काइँयो केश मेरो बाँगो, पानी पर्यो बलेसी, हेलम्बु डाँडापारि, मेरो माया छ भने त्यता, लौन हजुर के गरौं, नक्कलीलाई पातलीलाई कसरी बे गरुँ जस्ता दर्जनौं लोकगीत लोकप्रिय छन् ।
२०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका लामाले एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् । थुप्रै टेलिचलचित्रमा पनि अभिनय गरेका लामाले पछिल्लो समय हाँस्य टेलिश्रृंखला हल्का रमाइलो मा अभिनय गर्दै दर्शकलाई मनोरञ्जन दिइरहेका छिन् ।
कलाकार एवं शुभचिन्तक तथा प्रशंसकहरुले उनि प्रति सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।


















