काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको गाडीमा ढुंगा प्रहार भएको घटनाको छानबिन भइरहेको जनाएको छ ।
आइतबार एमसीसीविरुद्ध भएको प्रदर्शनका क्रममा बानेश्वरमा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुंगा प्रहार भएसँगै सरकारले घटनाको छानविन भइरहेको बताएको हो ।
मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ढुंगा प्रहार घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेको जनाएको छ ।
मन्त्रालयले हिंसात्मक कार्यको भत्र्सना पनि गरेको छ । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरता पूर्वक निगरानी गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्ती पढ्नुहोस् ।

















