सुन्दरहरैंचा । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै स्थानीय तहहरुमा चुनावी माहौल बढ्न थालेको छ । चुनावको घोषणा भएसँगै नेताहरू टोल समिति गठन गर्ने, कार्यकर्ताका बिचमा चुनावी एजेन्डा तय गर्ने तथा भेटघाट कार्यक्रमलाई पनि तीव्रता दिन थालेका छन् ।
यसैविचमा नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापति देवराज तामाङले मोरङको सुन्दरहरैंचामा नगरपालिकाको मेयर पदमा उमेद्धारी घोषणा गर्नुभएको छ । शनिवार सुन्दरहरैँचा ५ मा बलिया पाथीभरा टोल समिति गठन कार्यक्रममा क्षेत्रीय सभापति तामाङले आफ्नो जन्मस्थानबाट उम्मेद्वारी घोषणा गर्नुभएको हो । तामाङको सचिवालयका अनुसार प्रजातन्त्र दिवसको अवसर पारेरै घोषणा गर्नुभएको हो । पार्टीले आफूलाई विश्वास गरेर टिकट दिएमा आफूले सुन्दरहरैंचामा चुनाव जित्ने उहाँले दाबी गर्नुभयो ।
यसैबिच सभापति तामाङले ढुकुरे मोटेबाँध नजिकैको बाटो ग्राभेल गरिदिने प्रतिबद्धता जनाउनुभएको छ। टोल समिति गठन गर्दै सुन्दरहरैँचा ६ मा रहेको ढुकुरे मोटेबाँध नजिकैको बाटो आफ्नै खर्चमा ग्राभेल गरिदिने प्रतिबद्धता जनाउनुभएको हो। उहाँले त्यसका लागि बाटो निर्माण समिति गठन गरेर आउन अनुरोध गर्नुभयो ।
https://www.facebook.com/falaichanews/videos/489210939363496/?__tn__=%2CO-R

















