No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन

फलैचा न्यूज by फलैचा न्यूज
पुस २९, २०७८
in प्रदेश, मुख्य समाचार, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
चार दिनभित्र होल्डिङ सेन्टर तयार गर्न मन्त्री कार्कीको निर्देशन
Share on FacebookShare on Twitter

विराटनगर। कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिनभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो । कोरोनाको सङ्क्रमणको दर बढिरहेको भन्दै उहाँले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो ।May be an image of 10 people, people standing and outdoorsविराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष लिएको छ । नेपाली सेना कालीशक्ति गणका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।

बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताउनुभएको छ । मन्त्री कार्कीले चार दिन भित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामाग्री आफूले दिने बताउनुभयो । उहाँले भन्नुभयो,‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षा कोष, महानगरपालिका सँग समन्वय गर्नुपर्याे । पानी तान्नका लागि कल कहीँ छैन भने म कहाँ आउनुहोस् ।’May be an image of 10 people, people standing, outdoors and crowdसीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिनुभएको छ । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारी गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस् । उहाँले भन्नुभयो हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिन भित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताउनुभयो । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाई छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ । अनुगमनका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले खोप अभियानलाई पनि क्रमशः बढाउँदै लाने बताउनुभयो । उहाँले भोलि नै सबै राजनीतिक दहरुका बिचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिनुभएको छ ।May be an image of 3 people and people standingजोगवनी हेल्प डेस्कका अनुसार पौष महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै गएको डेस्कमा रहेका प्रतिनिधिले जानकारी गराएका छन् । अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सुरक्षाकर्मी निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । May be an image of 2 people, outdoors and tree

ShareTweetPin
Previous Post

चुनावको तयारीमा लाग्न सभापति तामाङको निर्देशन

Next Post

सुन्दरहरैंचामा कांग्रेसको झण्डा राख्ने अभियान

Next Post
सुन्दरहरैंचामा कांग्रेसको झण्डा राख्ने अभियान

सुन्दरहरैंचामा कांग्रेसको झण्डा राख्ने अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.