सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचाको टोलमा नेपाली कांग्रेसको झण्डा राख्ने अभियानलाई तिब्रता दिइएको छ ।
विहीबार सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा टोल समिति गठन गर्दै मोरङ क्षेत्र नं ६ का सभापति देवराज तामाङले घरघरमा झण्डा राख्ने अभियानलाई तिब्र रुपमा अगाडी बढाउन निर्देशन दिए ।
सभापति तामाङ पछिल्ला दिनमा पार्टीको संगठन बिस्तामा जुटेका छन् । यो कार्यक्रममा अन्य पार्टी प्रवेश गरेर आएका ४० बढी नेता तथा कार्यकर्तालाई स्वागत गरिएको छ ।
१४ औं महाधिवेशनमा आन्तरिक प्रतिपर्धा भएको भन्दै अब कुनै पनि तित्तता नलिन उनको आग्रह छ ।
तामाङले पार्टीका कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन समेत दिएका छन् ।

















