विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आफ्नो जन्मदिनको अवसरमा श्रमदान गरेका छन् । शुक्रबार विराटनगर १२ मा ‘निमार्णाधिन सम्पन्न बस्ति महानगर आवास परियोजना’मा पुगेर उनले श्रमदान गरेका हुन् ।
सरकार जनतासंग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने उल्लेख गर्दै उहाँले जनताका हरेक काम गर्ने बताए । उनले आफु प्रत्येक हप्ता जसो सो परियोजनामा गएर काम गरि त्यहाँ काम गर्ने कामदार तथा नागरिकलाई हौसला प्रदान गर्दै आएको बताएका छन् ।
एकीकृत बस्तिमा एक सय ४५ घर निर्माणाधीन रहेका छन् । व्यमू सिमेन्ट फेम मोडलबाट बनिरहेका सो परियोजना सरकारको लगानीमा देशको नमुना परियोजना रहेको छ ।
महानगर आवास योजनाका सदस्यसचिव पूनमकुमार दाहालका अनुसार प्रदेश सभाका सदस्य तथा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, बिराटनगर महानगरपालिका, समाज कल्याण परिषद्, हिल्टी फाउण्डेसन, बेस बाहे, ह्याविटेट फर ह्यूमानीटि नेपाल तथा साहारा नेपालको समन्वय र सहकार्यमा आवास निर्माण गरिदै छ ।
त्यहाँ जसले जति सहयोग गरे पनि हुने छ । त्यहाँ व्यक्तिगत रुपमा विराटनगर महानगरका मेयर भीम पराजुली, मन्त्री कार्कीले एक एक घर निमार्ण गरिदिने उद्घोष गरेका छन् । अन्यवाट पनि सहयोग आउने क्रम जारी रहेको छ ।
बस्तिमा बाटो रिफ्रेसमेन्ट सेन्टर, बाल उद्यान, स्वास्थ्य केन्द्र विजुली सबै शेवाको उपलब्धता हुने सहारा नेपालका सामाजिक परिचालन अधिकृत इन्द्र कामतले बताए । मन्त्री कार्कीले आगामी फागुन भित्रमा निमार्ण सम्पन्न गरेर घरधनीलाई हस्तान्तरण गरिने जानकारी दिए ।
त्यहाँका नागरिकले जग्गा भने आफैं किनेका हुन् । घर बनाउन भने उनिहरुलाई रकम लाग्ने छैन् । सरकार र सामाजिक संस्थाबाट घर बनाउने काम भइरहदा आफुहरुलाई खुसि लागेको स्थानीय पास्ति राजवंसिले बताइन् । उनले सरकारले यस्तै काम गरे जनता खुसि हुने भनिन् ।
३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफल जमिनमा निर्माणाधिन परियोजना सम्पन्न गरिसक्न अनूमानित १८ करोडको लागत रहेको छ ।

















