रामधुनी । चर्चित र्यापर आशिष राना मगर (लाहुरे) लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा पोखराबाट पक्राउ परेका छन् ।
बुधवार राती पोखराको न्युरोडबाट प्रहरीले लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा लाहुरे सहित चार जनालाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए । लाहुरेको साथबाट लागुऔषध फेला नपरे पनि कारोबारमा संलग्न देखिएकाले पक्राउ गरिएको उनले बताए ।
अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अघि बढाउने प्रहरीले बताएको छ ।

















