रामधुनी । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा प्रदेश नं। १ का पूर्व मुख्यमन्त्री शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
विद्यार्थी संगठनबाट राजनितिक यात्रा सुरु गरेर पार्टीको पोलिटब्युरो सदस्य हुँदै प्रदेश १ का मुख्यमन्त्री समेत भईसकेका राईले सचिव पदको उम्मेदवारी दिने घोषणा गरेका हुन् । शुक्रबारदेखि चितवनमा नयाँ नेतृत्व चयनका लागि नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ ।

















