उदयपुर । बेलका नगरपालिकाका मेयर तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता दुर्गा कुमार थापा (स्वस्ती) १० औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उठ्ने भएका छन् ।
केपी सर्मा ओलिकै टिमबाट केन्द्रिय सदस्य लड्न उनि एक हप्ता यता काठमाडौमै रहेको थापा निकट स्रोतले बताएको छ ।
१० औं महाधिवेशनको लागि उदयपुर क्षेत्र नम्बर २ मा महाधिवेशन प्रतिनिधि छानिएका थिए । १८ सय ७२ मत खसेकोमा थापाले एक हजार ८६ मत ल्याएका थिए ।

















