झापा । ईलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित हुनु भएका छन् ।
विभागिय मुल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै अपराध अनुसन्धानमा अब्बलता प्रदर्शन गरेकाले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले कार्कीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

















