No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुनसरी ४ मा ऐयुब नै किन ?

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ६, २०७८
in मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
सुनसरी ४ मा ऐयुब नै किन ?
Share on FacebookShare on Twitter

इनरुवा । सालिन र हसिलो स्वभावका व्यक्तित्व ऐयुब अन्सारी सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गतका नेपाली काङ्ग्रेसका आमनेताकार्यकर्ताका निम्ति मात्रै नभई समग्र सुनसरीहुँदै केन्द्रियस्तरसम्म भरोसायोग्य गर्ने नेता हुन् । ऐयुब अन्सारीले प्रजातन्त्र र काङ्ग्रेसलाई असहज हुने काम गर्दैनन् भन्ने विश्वास नेताकार्यकर्ताले गरेका छन् । नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का अध्यक्ष हाजी इसराइल मन्सुरी भन्छन् सुनसरी जिल्लामा उहाँजस्तो भरपर्न सकिने नेता एकदमै थोरै छन् त्यसैले अहिले १४ औं महाधिवेशनका बेला नेपाली काङ्ग्रेसका नेताकार्यकर्ताको ध्यान उहाँप्रति आकर्षित भएको छ ।

ऐयुब अन्सारीमा लड्न सक्ने र आवश्यक पर्दा शीर नझुकाइकन सम्झौता पनि गर्न सक्ने क्षमता रहेकोबारे आम काङ्ग्रेस कार्यकर्ता जानकार छन् । मित्रवत व्यवहार र निर्णय लिनसक्ने क्षमताले पनि उहाँलाई पार्टीभित्र भरोसायोग्य नेताको रूपमा स्थापित गरेको छ उनले अगाडि थपे । त्यसैले ऐयुब अन्सारी क्षेत्रीय सभापति पदमा विजयी बन्नुहुनेमा शङ्का गरिरहनुपर्ने अवस्था देखिएको छैन ।ञ स्थानीय तहको निर्वाचनमासाविकको हरिपुर,श्रीपुर,पश्चिम कुसाहा र लौकही गाविस मिलेर बनेको कोशी गाउँपालीका विगत काङ्ग्रेस पराजय भएकोमा हाल बहुमत वडासहित काङ्ग्रेसको नेतृत्वमा स्थानीय सरकारका साथै सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने हरिनगर गाउँपालीका र इनरुवा नगरपालिकामा नेपाली काङ्ग्रेसको सरकार निर्वाचित गराउनु सभापति ऐयुब अन्सारीको सफलता देखिएको छ ।

यसैगरी विगतमा दुईपटक संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ४ बाट काङ्ग्रेसका उम्मेदवार पराजित भएकोमा सभापति अन्सारीकै नेतृत्वमा सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्कीलाई संघीय सांसदमा निर्वाचित गराउनुका साथै दुईमध्ये एक प्रदेश सांसद समेत जिताएर नेपाली काङ्ग्रेसको विरासत फर्काइयो । साविकमा कम्युनिस्टको गढ मानिने बराहक्षेत्रको ६ मध्ये एउटा वडामा नेपाली काङ्ग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भए ।

२०७२ मा क्षेत्रीय सभापतिमा जिम्मेवार सम्हाल्दै झोलामा रहेको नेपाली काङ्ग्रेस पार्टी कार्यालयलाई तत्कालै भाडा कोठा लिई व्यवस्थित रूपमा कार्यालय संचालन गर्दै नियमितरूपमा पार्टीको बैठक बस्ने परिपाटीको सुरुवात सभापति ऐयुब अन्सारी गरे । प्रकाशपुरमा पार्टीको आन्तरिक विवाद जिल्लास्तरबाट समेत समाधान हुन नसकेपछि सभापति अन्सारीको नेतृत्वमा भएको सहजीकरणबाट विवाद समाधान भई अहिले बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर नेपाली काङ्ग्रेसमय बनेको दाबी गरिएको छ । १४ औं महाधिवेशनअघि सुनसरी क्षेत्र नम्बर ४ मा केन्द्रस्तरमा पहल गर्दै सभापति अन्सारीले विगतको भन्दा तीनगुणा क्रियाशील सदस्यता बढाएका छन् ।

१३ औं महाधिवेशनबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका बखत सभापति अन्सारीले १०० जनालाई रोजगार दिने, पार्टी कार्यालय बनाउने,अधिकांश स्थानीय तहमा काङ्ग्रेसका उम्मेदवार जिताउने घोषणा गरेकोमा सयौं व्यक्तिलाई रोजगारी दिएर पार्टीको कार्यालय स्थापनासँगै अधिकांश वडामा काङ्ग्रेसका उम्मेदवार जिताउन सफल भएका छन् । सुनसरी क्षेत्र नम्बर ४ का सभापति अन्सारीको आग्रहमा संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा क्षेत्रकै सबैभन्दा ठुलो र सुविधासम्पन्न सभा हल कोशी गाउँपालीका १ स्थित लौकहीमा निर्माणाधीन छ ।

सभापति ऐयुब अन्सारीले आफ्नो पहल र माननीय मन्त्री कार्कीको सहयोगमा लौकही भन्सारदेखि रामधुनीसम्म भेडेटार सडक, राजाबास कबर्ड हल, सन्त नेता कृष्णप्रसाद भट्टराई बाल्यकालमा बसोबास गरेको ऐतिहासिक स्थान बराहक्षेत्र नगरपालिका ७ मा अवस्थित रहेको सप्तकोशी बहुमुखी क्याम्पसको भौतिक संरचना निर्माण गर्दै शैक्षिक सामाग्री सहयोग, रामधुनी बैठारदेखि महेन्द्रनगर चक्रघट्टीसम्म १८ किलोमिटर सडक निर्माण, इनरुवा नगरपालिका ८ बंकुलवाको पुल निर्माण, हरिनगर गाउँपालीका ६ स्थित अर्नामामा पुल निर्माण, सुनसरी खोलाको विभिन्न ठाउँमा क्रेटिङ्गलगायतका विकास निर्माणकार्य आफ्नो नेतृत्वमा गर्न सफल उनले बताए ।

केन्द्रमा नेपाली काङ्ग्रेस नेतृत्वको सरकार बन्नसाथ वर्षौंदेखि चक्रघट्टीदेखि हरिपुरसम्म रहेको सुकुम्बासी समस्या समाधानका विशेष पहलसँगै कोशी टप्पुबाट निस्किने जनावर नियन्त्रणका लागि केन्द्र सरकारको पटकपटक ध्यानाकर्षण गराउदै आएको सभापति अन्सारी बताउँछन् ।

१३ औं महाधिवेशनबाट क्षेत्रीय जिम्मेवारी दिएकोमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उनले संगठनलाई अझ सुदृढ,सशक्त बनाउदै,स्थानीय,प्रदेश र संघीय निर्वाचनमा आगामी निर्वाचनमा समेत शतप्रतिशत नतिजा ल्याई सुनसरी क्षेत्र नम्बर ४ का जनताका समस्या समाधान गर्दै जनभावनाअनुसार काम गर्ने उद्देश्यले क्षेत्रीय सभापतिमा आफूले पुनः उम्मेदवारी दिएको सभापति अन्सारीको भनाइ छ ।

आफूले पाएको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकाले नेताकार्यकर्ताले १४ औं महाधिवेशनबाट सुनसरी क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको सभापति पद निर्वाचित गराउनेमा आफू विश्वस्त रहेको बताउने उनले आफूले वाचा गरेका मात्रै नभई जनताका भावना र आवश्यकता अनुसार कार्य गर्दै आएको र कालान्तरमा समेत गर्दै जाने बताउँछन् ।May be an image of 2 people and text that says 'नेपाली राष्टियता, लोकतन्त्र, काँग्रेस समाजवाद १४औ महाधिवेसन "नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. 8 संगठनको रक्षाको निम्ती मेरो उम्मेद्वारी" एयूव अन्सारी सभापती पदको उम्मेद्वार क्षेत्र नं. 8, सुनसरी जय नेपाल अमुल्य मतले बिजयी गराऔं "सुन्दर क्षेत्र शान्ति र समृद्धिका लागि एयूव अन्सारीको उम्मेद्वारी"'

 

Tags: १४ औं महाधिवेशन
ShareTweetPin
Previous Post

इटहरीमा कर सहयोगीहरुसँग अन्तरकृया, करमा ९० प्रतिशतसम्म छुट

Next Post

दमकका डिएसपी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

Next Post
दमकका डिएसपी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

दमकका डिएसपी कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.