रामधुनी । सुनसरीको दुई स्थानबाट प्रहरीले गाडी सहित ५६ बोरा भारतिय चिनी बरामद गरेको छ । गत मंसिर १ गते भारतवाट नेपाल तर्फ भन्सार छली प्र १-०२-००२ च ४९६१ नम्बरको पिकअप गाडीमा ५० बोरा भारतिय चिनी सहित सामान धनीलाई पक्राउ गरेको हो ।
https://www.youtube.com/watch?v=MHr0bS98KhY
यसै गरी गढी गाऊपालिका ४ स्थित सडक खण्डमा प्रहरीले २ वटा मोटर साईकलमा सवार मानिसहरुले वरामद २ वोरा सुर्ति र ६ वोरा चिनी ल्याउदै गरेको अबस्थामा प्रहरीलाई देखी मोटरसाईकल र सामान छोडी भागेका थिए ।
बरामद गरिएको ५६ बोरा चिनी, सुर्ती सहितको मुल्य १६ लाख ८६ हजार ९ सय बराबरको रहेको छ । बरामद भएको सामान र सामान धनि सहित सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा वुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

















