झापा । झापाका पत्रकार नरेन्द्र ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’मा २५ हजार २५ रुपैयाँ प्रदान गरेका छन् ।
आफ्नो जन्मोत्सवको उपलक्षयमा पूर्वाञ्चलको अनलाइन शाखाका समाचार संयोजक ढकालले उपचार कोषका लागि उक्त रकम प्रदान गरेका छन्। झापाली संञ्चारकर्मीहरुकै हितका निमित्त स्थापित कोषमा रकम प्रदान गर्दै पत्रकार ढकालले खुशी व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष केशव भट्टराई, नेपाल पत्रकार महासंघ प्रदेश नम्वर १ का सदस्य सुरेन्द्र भण्डारी , समाजवादी प्रेस संगठनका नेता अनिलदेव राईलाई पत्रकार ढकालले रकम हस्तान्तरण गरेका थिए ।
पत्रकार उपचार कोषमा हालसम्म ४७ लाख रुपैयाँ जम्मा भइसकेको जनाउँदै पत्रकार महासंघ झापाका कार्यवहाक अध्यक्ष भट्टराईले कोषको रकम एक करोड रुपैयाँ पु¥याउने बताए ।
सञ्चारकर्मीसंगै अन्यदाताहरुले समेत यो कोषमा रकम जम्मा गर्दै आएका छन् । अक्षय कोषका रुपमा रहेको यो रकमको व्याजबाट पत्रकारहरु घाइते वा विरामी भएमा उपचार खर्च दिइदै आएको छ ।
https://www.youtube.com/watch?v=MHr0bS98KhY
पत्रकार महासंघ झापाले कोषको रकम बृद्धिका निमित्त सम्वद्ध सञ्चारकर्मी र लब्धप्रतिष्ठित व्यक्तिहरुमा विशेष आग्रह समेत गरेको छ ।

















