No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैंचामा पाँडे, जीग्रि र एलिना आउँदा

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ३, २०७८
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
सुन्दरहरैंचामा पाँडे, जीग्रि र एलिना आउँदा
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । कोरोना कहरका कारण करिव २ वर्षदेखिको सुसुप्त अवस्थामा रहेको मनोरञ्जन क्षेत्र पछिल्लो समय कोरोना कम हुँदै गएसँगै लयमा फर्किन थालेको छ । चलचित्र हलहरु खुल्न थालेका छन् भने विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत आयोजना हुन थालेका छन् ।

कोरोना कहरका कारण ठप्प भएर धेरै लामो समयपछि मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुँदा दर्शकहरुको भीड निकै लाग्ने गरेको छ । गत सोमबार मोरङको सुन्दरहरैंचा ६ मा भएको एक साँस्कृतिक कार्यक्रममा दर्शकहरुको भीड थामि नसक्नु थियो ।

सुन्दरहरैंचा ६ स्थित सिद्धार्थ युवा क्लवको आयोजनामा कात्र्तीक २९ गते भएको कार्यक्रममा सक्कीगोनी नामक हाँस्य टेलिफिल्मका ख्याती प्राप्त हाँस्यकलाकार अर्जनु घिमिरे पाँडे र कुमार कट्टेल जीग्रि, चर्चित गायीका एलीना राई, भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बू तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिए । अलि ढीलो गरि सुरु भएको साँझको कार्यक्रममा ठूलो संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।No description available.

सुन्दरहरैंचा ६ खर्सांगेनी चोकमा भएको कार्यक्रममा हालसम्मकै ठूलो संख्यामा दर्शक उपस्थिति भएको आयोजकले जनाएको छ । कोरोना कहरका कारण निकै लामो समयपछि कार्यक्रम भएको तथा राष्ट्रियस्तरका ख्याती प्राप्त कालाकारहरुको प्रस्तुती टीकट बिना निःशुल्क हेर्न पाइने भएकाले दर्शकहरु सोचे भन्दा पनि बढी उपस्थित भएको कार्यक्रम संयोजक डम्बर थापा मगरले जानकारी दिए।No description available.

कार्यक्रममा पाँडे र जीग्रिले आफ्नो नियमित अभियन प्रस्तुत गर्दै दर्शकलाई भरपुर हँसाएका छन् । यता सुन्दरहरैंचाका स्थानीयबासी पनि पर्दामा देखिंदै आएका पाँडे र जीग्रिलाई पहिलो पटक आफ्नै आँगनमा आँखै अगाडी देख्नुका साथै हाँस्य प्रस्तुती हेर्न पाएपछि निकै उत्साहित भए । प्रस्तुती नसक्किंदासम्म दर्शकहरुको हाँसो रोकिएको थिएन भने दर्शकदीर्घाबाट हुटिङ पनि उस्तै गरि आएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मी एलएन गच्छदार हेर्न मन लाग्दा लाग्दै धित नै नमरी प्रस्तुती सकिएको जस्तो भएको बताउँछन् ।

पाँडे र जीग्रि भन्दा अगाडी प्रस्तुती दिएकी यतिबेलाकी चर्चित गायीका एलिना चौहानले पनि भरपुर मनोरञ्जन दिइन् । एलीनाले ओखल ढीकिमा, मिनरल वाटर जस्ता चर्चित गीत गाइरहँदा दर्शक दीर्घाबाट वान्स मोरको अत्याधिक हुटिङ आएको थियो । आधा दर्जन गीत गाएकी एलिना यतिबेलाकी चर्चित गायीका भएको कार्यक्रममा देखिएको उनको क्रेजले नै पुष्टि गर्यो ।May be an image of 3 people and people standing

एलीनासँग फोटो खिचाउने चाहनाले दर्शकहरु कार्यक्रमको स्टेजमै भीड लाग्दा भीड व्यवस्थापन गर्न समेत समस्या परेको थियो । यसैगरि अर्का गायक भ्वाइस अफ नेपालका फष्ट रनरअप विकास लिम्बूले समेत दर्शकहरुलाई गीतमा निकै राम्रो गरि झुमाए । विकासले गीत गाइरहँदा कार्यक्रमका होष्ट, रेवती, मेनुका र नरेन्द्र स्टेजमै नाच्न बाध्य भए । चर्चित गायकको गीत अनि स्टेजमै होष्टको नृत्य देखेपछि दर्शकहरुमा समेत उत्साह छायो ।May be an image of 4 people, people standing and footwearयसका साथै स्थानीय कालकारहरुले लोकनृत्य तथा विभिन्न आधुनिक नृत्यहरु प्रस्ुतत गर्दै मनोरञ्जन प्रदान गरेका थिए । यसैगरि कार्यक्रमका होष्ट रेवती निरौला र मेनुका डुम्जनले बीच बीचमा दर्शकहरुलाई हसाउँदै रमाइलो पारामा कार्यक्रम सञ्चालन गर्दा दर्शकहरुले थप मनोरञ्जन लिए । साँझको मनोरञ्जनात्मक कार्यक्रमको उद्घाट सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङले गरेकि थिइन् भने सुन्दरहरैंचा ६ का वडाध्यक्ष जीवन कुमार राई लगायतको उपस्थिति रहेको थियो ।

यसैगरि दिउँसो भने नृत्य प्रतियोगिता सम्पन्न भएको थियो । प्रीतयोगितामा स्थानीय स्तरका करिव १ दर्जन समुहले सहभागिता जनाएका थिए । सुन्दरहरैंचा ६ का वडासदस्य तथा कार्यक्रम संयोजक डम्बर थापामगरले तिहार छठ लगायतका पर्वहरुको अवसर पारेर स्थानीयबासीलाई विशृद्ध मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।

वर्षेनी कार्यक्रम आयोजना गर्ने गरेकोमा कोरोना महामारीका कारण निकै लामो समय यस्ता कार्यक्रमहरु सञ्चालन नभएको अवस्थामा हाल कोरोना संक्रमण निकै कम भएकाले कोरोनाको त्रास भुलाइ विशुद्ध मनोरञ्जन दिलाउने उद्देश्यले कार्यक्रम सञ्चलन गरिएको संयोजक थापामगरले जानकारी दिए । कार्यक्रम स्थानीयबासी स्वयम्ले स्वतस्फूर्तरुपमा संकलन गरेको रकमबाट सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

ShareTweetPin
Previous Post

६ शताब्दीयताकै लामो चन्द्र ग्रहण लाग्दै, नेपालबाट नदेखिने

Next Post

पत्रकार उपचार कोषलाई ढकाले गरे २५ हजार २५ रुपैयाँ सहयोग

Next Post
पत्रकार उपचार कोषलाई ढकाले गरे २५ हजार २५ रुपैयाँ सहयोग

पत्रकार उपचार कोषलाई ढकाले गरे २५ हजार २५ रुपैयाँ सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.