इटहरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ ।
स्वास्थ्य सेवा विभागले फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएकाले खोप लगाउन आग्रह गरे ।
फाइजर खोपको अभियान भोली देखि मंसिर ४ गतेसम्म पहिलो मात्रा र दोस्रो मात्रा मंसिर २७ देखि पुस २ गतेसम्म १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई प्रदान गरिनेछ ।

















