रामधुनी । तराईका जिल्लामा हर्षोउल्लासका साथ छठ पर्व मनाइँदैछ । छठी माताको नाममा ब्रत र सूर्यको आराधना गरी तराईमा मनाइने छठ पर्व सुनसरीको इटहरी, पकली, झुम्का , विराटनगर, बक्लाैरी र अन्य ग्रामीण लगायतका क्षेत्रमा धुमधामका साथ सुरु भएको छ।
https://www.youtube.com/watch?v=OzVfm3crzQ4
दसैं तिहार जस्तै तराई बासीका लागि छठ पर्वले विशेष महत्व राखेको छ । कार्तिक २१ गते आइतबार ब्रतालुहरुले लसुन, प्याज, कोदो, मसुरीको दाल बारेर विशुद्ध शाहाकारी भोजन खाएर सुरु छैठ पर्व सुरु भएको छ ।
छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थी यस दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाने दिनको रुपमा लिईन्छ । । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यस दिनदेखि व्रत बस्छन् ।
छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस गरेर सोही प्रसाद ग्रहण गर्छन् । ‘खरना’ पछि व्रतालुले पूर्ण व्रत लिनु पर्दछ ।
त्यस्तै गरी षष्ठीका दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेको पिठोबाट विभिन्न गुलियो परिकारहरु बनाइन्छ ।
यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यो दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अधिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्ध दिन्छन् । अर्ध सम्पन्न भएपछि सूर्य पुरान श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ ।
छठ माता र सूर्यको पुजा गर्नाले सुख, शान्ति, समृद्धि, दीर्घायु साथै छालाको रोग हट्ने धार्मिक मान्यता रहेको छ । छठमा गहुँको पिठोबाट बनाइएको ठेकुवा, पुरी, लडु, कसार, पञ्चमेर, विभिन्न किसिमका गेडागुडी, जटा नरिवल, कागती, अदुवा, उखु, केरा लगायतका सामग्रीहरु प्रसादको रुपमा अर्पण गर्ने चलन रहेको छ।

विशेष गरी तराईमा बसोबास गर्ने मधेशी समुदायले मात्र मनाउँदै आएको यस पर्वलाई पछिल्ला वर्षमा पहाडी सामुदायका मानिसहरु समेत पूजाका लागि आउने गर्छन्। यसले एक धर्म सामुदायको अर्को धर्म सामुदायको पर्व संस्कारलाई उच्च सम्मान दिँदै एकताको सन्देश दिएको छठ पुजन समारोह समितीका कोषध्यक्ष लिम्बर चौधरी सुरेन्द्रले बताए।
उनले छठ पूजाका लागि इटहरी स्थित बुढी गंगा जमुना मुक्ति घाटमा ४ सय ५० वटा घाटहरुको निर्माण गरिएको जानकारी दिए ।
छठ पूजाको पूर्व सन्ध्यामा छठ पर्व सेवा समितीद्धारा शोभा यात्रा निकालीएको जानकारी दिए । इटहरी स्थित जनता स्कुलका खेलमैदानबाट सुरु भएको शोभा यात्रा इटहरी नगरपरिक्रमा गरी बुढी गंगा जमुना मुक्ति समारोहमा परिणत भएको जानकारी दिए ।

















