No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

छठ पर्व र धार्मिक महत्व ( भिडियो सहित )

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक २२, २०७८
in धर्म संस्कृति, समाचार, हेडलाइन
0
उदाउँदो सूर्यलाई अर्घ्य दिई छतमा छठ पर्व सम्पन्न (तस्बिर सहित)
Share on FacebookShare on Twitter

रामधुनी । तराईमा बस्ने हिन्दूहरूको महान् चाडको रूपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । छठपर्व खासगरी तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृति पर्व हो ।

 

यो प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वा, कसार आदि पारिवारिक आफन्तजन एकै ठाउँमा बसेर खाने चलन रहेको छ ।
छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थी यस दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाने दिनको रुपमा लिईन्छ । । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यस दिनदेखि व्रत बस्छन् ।

छठ पर्वको दोस्रो दिन पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतालुले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस गरेर सोही प्रसाद ग्रहण गर्छन् । ‘खरना’ पछि व्रतालुले पूर्ण व्रत लिनु पर्दछ ।

त्यस्तै गरी षष्ठीका दिन गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटेको पिठोबाट विभिन्न गुलियो परिकारहरु बनाइन्छ । यसरी पर्वको अन्तिम दिन सप्तमीका दिनलाई पार्वण भनिन्छ । यो दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अधिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्ध दिन्छन् । अर्ध सम्पन्न भएपछि सूर्य पुरान श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । त्यसपछि छठपर्व सम्पन्न हुन्छ ।यो सूर्यको व्रत बस्ने वा उपसना गर्ने पर्व हो । हिन्दू धर्ममा छठपर्व कात्तिक र चैत महिना गरी वर्षको दुईपल्ट मनाइने भए तापनि कात्तिक शुक्ल पक्षमा भने विशेष र बृहत् रूपमा सूर्यनारायणको पूजा गरेर मनाउने चलन रहेको छ ।

अस्ताउन लागेका सूर्यको आराधना र उदाउनलागेका सूर्यको पूजा आजा गरिने यो पर्व लक्ष्मीपूजाको छैटौं दिनमा पर्दछ । यो पर्वमा भगवान्लाई अर्पण गर्न बनाइएका खाद्य परिकार चोखो हुनुपर्ने, जुठो पर्न भए अनिष्ट हुने र कुष्ठरोगको सिकार हुनुपर्ने धार्मिक विश्वास छ । पूजा सकिएपछि व्रतालुले यिनै प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने घरका सदस्यहरूलाई पनि खुवाउने चलन रहेको छ ।

सयौं वर्षअधिदेखि यो पर्व खास गरी तराई भागमा बसोबास गर्ने हिन्दूहरूले मान्दै आएका छन् । यो पर्व कहिलेदेखि मनाएको भन्ने चाहिँ ऐतिहासिक लेखोट भने हालसम्म पनि कतै प्राप्त हुन सकेको छैन । हाल यो पर्व के तराई, के पहाड सबै ठाउँमा मनाउन सबैले मान्न थालेको पाईन्छ । पछिल्लो केहि वर्षदेखि काठमाडौंमा पनी छठ पर्व मनाउने गरेको पाईएको छ । यस दिन थापाथलीको बागमतीको किनार र पशुपतिनाथको बागमतीको किनारमा व्रत बस्ने व्रतालुको देखिन थालेका छन् ।

यो पर्वमा सबै उमेरका महिलाहरू सक्रिय रहने छठ पर्वमा कात्तिक शुक्लषष्ठीका दिन अस्ताउँदो सूर्यलाई पूजा गर्ने र रातभर जाग्राम बसी भजनकीर्तन गरी पुनः भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई पूजा गरिन्छ । देवीभागवत अनुसार षष्ठीको व्रत र पूजापाठ गर्ने व्यक्तिको मनोकामना पूरा हुन्छ । भनिन्छ, छठीमाईको व्रत र पूजा आराधना गरे धन, पुत्र, पति वा मनले चिताएको वर प्राप्ति र छालासम्बन्धी, कुष्ठ रोगहरूबाट मुक्ति पाइने लोकोकृत जनमानसमा रहेको छ ।

 

त्यसैगरी पौराणिक तथा महाभारत पर्वको कथाअनुसार पाँच पाण्डव, गान्धार राजा शकुनी जुवा खेल्दा पाँच पाण्डव जुवामा सर्वस्व सम्पत्ति र दरबारसमेत हारेपछि बनवास जानुपरेको र पाण्डवपत्नी द्रौपदीले एक सय आठ पटक सूर्यको मन्त्र जप गरी षष्ठीको दिन छठ पर्वको व्रत बसेका कारण व्रतको प्रभावले आफ्नो सम्पूर्ण पाप र दशाग्रह शान्त भई पुनः पाण्डवहरूले राजकाज सम्हाल्न पाएको कुरा उल्लेख छ ।

सूर्यपुराणमा वर्णन भएअनुसार अत्रि मुनिकी पत्नी अनसुयाले कात्तिक शुक्ल षष्ठीको व्रत गरेपछि छठ पर्वको शुभारम्भ भएको हो भने अर्कोतिर द्वापरयुगमा पाण्डपकी आमा कुन्तीले आफ्ना गुरुबाट पाएको मन्त्रको परीक्षण गर्न सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्य स्वयं उपस्थित भई आफूजस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएका थिए । त्यसैबेलादेखि नै छठ पर्वको परम्परा चल्दै आएको मान्यता छ ।

समग्रमा भन्नुपर्दा हिन्दूहरूको महान चाड लगत्तै तराईका विभिन्न स्थानमा महत्वपूर्ण पर्व छठको तयारी धुमधामका साथ भएको छ । हाम्रो देशको तराई भूभागको विभिन्न सहरहरूमा विद्यमान पोखरी, सागर, नदी, ताल, तलाउ आदिमा पनि छठपर्वलाई आकर्षक र झकिझकाउ बनाउन सबैतिर प्रकाशको व्यवस्था गरिएको छ । राति घाटमा व्रतालु र सर्वसाधारणलाई बसाउन धार्मिक र सांस्कृतिक कार्यक्रमको आयोजनासमेत गर्ने गरिन्छ । यो व्रतमा पशुबध पूर्णरूपमा निषेध गरिएको हुन्छ । विशेषगरी यो पर्व चार दिनसम्म मनाइन्छ ।

यसरी अन्तिम दिन बिहानै उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातकालीन सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखु गाडेर त्यसभित्र पूजा गर्ने चलन पनि रहेको छ । प्रातः कालीन अर्घमा दीपमालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ । यो व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ ।

ShareTweetPin
Previous Post

प्रहरी कार्यालय अगाडि ग्याङ फाइट

Next Post

सडक मर्मत गरेर जन्मदिन मनाए युवराजले

Next Post
सडक मर्मत गरेर जन्मदिन मनाए युवराजले

सडक मर्मत गरेर जन्मदिन मनाए युवराजले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.