बराहक्षेत्र । नेपाली काँग्रेस बराहक्षेत्र नगर उप(सभापति युवराज श्रेष्ठले सडक मर्मत गरेर जन्मदिन मनाएका छन् ।
शनिवार परेको जन्मदिनको अवसरमा श्रेष्ठले चतरा(धरान सडकखण्ड अन्तर्गत बगुवामा भएको खाल्डा(खुल्डी सडकलाई ढलाई गरेका हुन् ।
नेपाल तरुण दल क्षेत्रिय उप(सभापती समेत रहेका वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोला घर भएका श्रेष्ठले सडक खाल्डो हुँदा दुर्घटनाको जोखिम बढाएको स्थानीयहरुको गुनासो गरेपछि सडक मर्मत गरेको श्रेष्ठले बताए ।
नगरपालिका र सडक बिभागलाई पटक पटक सडक मर्मत गरिदिन आग्रह गर्दा पनि सुनुवाई नभएको स्थानीयवासी बताउँछन् । स्थानीयवासीहरुको आग्रहमा स्थानीय सरकार र सरोकारवालाको काम युवराज श्रेष्ठले गरिदिँदा उनीहरू खुसी देखिन्छन् ।
स्थानीय सरकारले स्थानीयहरुको गुनासो र आवश्यक्तालाई चाडो रुपमा पूरा गर्नुपर्ने नैतिक सन्देशको रुपमा ३ जना मजदुर, ४ बोरा सिमेन्ट, आधा ट्याक्टर गिटि र बालुवा खरिद गरेर सडकको जोखिमलाई हटाउन खोजेको श्रेष्ठको भनाइ छ ।
आइतवार गरेको उक्त सडक मर्मत कार्यमा नेपाली कांग्रेस क्षेत्र नं ४ प्रदेश सभा ‘क’ सभापति उपेन्द्रबहादुर कट्वाल, नेपाली कांग्रेस वराहक्षेत्र सभापति रमेश कार्कि, राई संघ सुनसरी सभापति सन्त राई , बराहक्षेत्र १ सभापति इश्वर थापा, रामधुनी-६ सभापति आशिष श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

















