रामधुनी । पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९ सय ८० जनाको पीसीआर र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५ सय ५८ जना पुगेको छ । सोहि अवधिमा ५ सय ६३ जना संक्रमणमुक्त भएका छन् ।
हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९७ जना रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ४८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

















