मोरङ । मोरङका वाढि पहिरो पिडित दुईसय परिवारलाई नेपाल रेडक्रस सोसाइटी मोरङ साखाले राहत सामाग्री वितरण गरेको छ । गतहप्ता आएको वाढि र पहिरोका कारण पुर्ण र आंसिक क्षति भएका परिवारलाई साखाले राहत वितरण गरेको हो ।
विराटनगर महानगरपालिका सहित रतुवामाई, उर्लावारी तथा सुनवर्सी नगरपालिका साथै मिक्लाजुङ र वुढिगंगा गाउपालिकाका वाढि पिडतहरुलाई राहत वितरण गरिएको साखाका सभापती सुवोधकुमार सिंहले वताए । पुर्ण क्षति भएका प्रतेक परिवारलाई एकथान त्रिपाल, कम्वल, भाडा कुडा, तथा डोरी लगायतका राहत समाग्री वितरण गरिएको छ ।
वाढि प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार करिव साढे १४ लाख वरावरको राहत सामाग्री वितरण गरिएको सभापती सिंहले वताए । स्थानिय पालिका, रेडक्रस, नेपाल प्रहरीले तथा स्थानिय प्रसासनले वाढि प्रभावित क्षेत्रको अनुगमन तथा सर्वेक्षण गरेर पिडित परिवारको नाम संकलन गरेर राहत वितरण गरेको हो ।
पहिलो चरणमा रेडक्रसवाट पाएको सहयोगले केहि भएपनि आफुहरुलाई राहत भएको पिडितहरुको भनाई छ ।

















