No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जनकपुरमा जनमत पार्टीले खानेपानी प्रमुखलाई नाङ्गै पारी नगर घुमाए

फलैचा न्यूज by फलैचा न्यूज
कार्तिक ४, २०७८
in अपराध, समाचार, हेडलाइन
0
जनकपुरमा जनमत पार्टीले खानेपानी प्रमुखलाई नाङ्गै पारी नगर घुमाए
Share on FacebookShare on Twitter

जनकपुर । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को जनकपुरधाममा एक सरकारी कर्मचारीमाथी दुर्व्यवहार गरेको छ। ‘जनकारवाही’ को नाममा खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको हो।

बिहीबार कार्यालयबाटै कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले बन्धक बनाएर दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए। जनकपुरमा ढल निकासको उचित प्रबन्ध नगरेको झोंकमा सैयौंको संख्यामा रहेका सो पार्टीका कार्यकर्ताले प्रमुख कुशवाहालाई पिराडी चोकस्थित कार्यालयमा पुगेर बन्धक बनाएका थिए। सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म परेको वर्षाले जनकपुर जलमग्न भएपछि राउत समर्थक कार्यकर्ता कुशवाहालाई नियन्त्रणमा लिएर आक्रोश पोखेका हुन्।

आफ्नो कार्यकक्षमा बसिरहेका प्रमुख कुशवाहालाई लाठी र बाँसको भाटा बोकेर पुगेका राउत समर्थकले बन्धक बनाएर लछारपछार गर्दै जनकपुर घुमाएका थिए। प्रमुख कुशवाहाको माथिल्लो शरीर नाङ्गै पारी भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले शरीरमा हिलो फालेर नगर परिक्रमा गराएका थिए ।

सरकारी कार्यालयका प्रमुखलाई बन्धक बनाएर जनकपुर घुमाइरहँदा प्रहरी भने निरीहतापूर्वक अघिअघि मात्रै हिँडिरहेका थिए। प्रहरी परिचालन गरिएपनि प्रमुख कुशवाहालाई राउत समर्थकले टिसर्ट च्यातिदिएर घण्टौं घुमाइरहेका थिए। प्रमुख कुशवाहालाई राउत समर्थकले करिब १ घण्टा जनकपुर घुमाएका थिए। नगर घुमाएर जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय नजीक पुर्‍याएपछि मात्र प्रहरीले उनको उद्धार गर्न सकेको थियो।

‘सरकारी कार्यालयका प्रमुख कुशवाहालाई नियन्त्रणमा लिएर राउत समर्थकले हिलोपानी छ्यापेर सँगै घुमाएको घटना दुःखद हो ,’ धनुषा प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले नागरिकसँग भने,‘प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने १० जना राउत समर्थकलाई पक्राउ गरिएको छ। वाँकी कुरा अहिले बताउन सकिन्न, उनले भने।’ जनमत पार्टीले केही समययता भ्रष्टाचार मुद्दा उचाल्दै प्रदर्शन गर्दै आइरहेको छ।

ShareTweetPin
Previous Post

नेपाललाई चीनले थप २० लाख कोरोना विरुद्धको खोप अनुदानमा दिने

Next Post

बाढी पीडितको राहत र उद्दारका लागि तलब जम्मा गर्दै मेयर चौधरी

Next Post
इटहरीका मेयर द्वारिकलाल चौधरी स्वास्थ्यकर्मी सहित कोरोना संक्रमितको घर घरमा

बाढी पीडितको राहत र उद्दारका लागि तलब जम्मा गर्दै मेयर चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.