रामधुनी । नेपाललाई चीन सरकारले थप २० लाख कोरोना विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
मङ्गलवार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख कोरोना विरुद्धको खोप दिने घोषणा गरेका हुन् ।
यसअघि चीनले नेपाललाई २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनो भ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको थियो ।
मंगलबार भएको एक घण्टा लामो फोन वार्तामा द्विपक्षीय सहयोग, वाणिज्य, व्यापार, विकास निर्माण लगायतका क्षेत्रमा मिलेर अघि बढ्ने र यसका लागि चीनले सहयोग गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री खड्काले चीनमा पढ्न जाने विद्यार्थी जान नपाएको, चीनबाट नेपालमा सामान कम मात्रामा ढुवानी भइरहेको, नाका सहज बनाउनुपर्ने, चीनसँग नियमित हवाई उडान हुनुपर्ने लगायतका विषय राखेका थिए । यी सबै विषयमा मिलेर अघि बढ्न सकिने चिनियाँ विदेश मन्त्री वाङले बतएका थिए ।
Hon. FM Dr. Narayan Khadka and H.E. Mr. Wang Yi, State Councilor of China held a telephone conversation and discussed various matters of bilateral relations. Hon. Dr. Khadka thanked State Councilor for the announcement of additional grant of 2 million COVID-19 vaccines to Nepal.
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021
परराष्ट्र मन्त्री खड्काले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै नेपालको विकास निर्माणमा चीनको सहयोगको प्रशंसा समेत गरे ।

















