रामधुनी । निरन्तरको वर्षाका कारण धनकुटाको लेउती खोलामा आएको बाढीले सडक बगाउँदा कोशी राजमार्ग अन्तरगत धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
लेउती खोलाको बाढीले साँगुरीगढी गाउँपालिका वडा नं-६ फेदीमा करिब ५० मिटर सडक बगाउँदा धरान-धनकुटा सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
मङ्गलवार दिउँसो ४ बजेतिर पानीको बहाव बढेसँगै लेउती खोलाको धार परिवर्तन भई कोशी राजमार्ग खोलाले कटान गरेको सडक डिभिजन कार्यालयकी सुपरभाइजर अमृता राईले बताइन ।
बाटो बगाएपछि अहिले सडक पुरै अवरुद्ध भएको छ। धरान-धनकुटाबाट सडक खण्ड पहिरोका कारण अवरुद्ध हुँदा सयौको संख्यामा सावरी साधनहरु बाटोमा नै अलपत्र परेका छन् । सडक बगाएपछि धनकुटा सहित तेह्रथुम, भोजपुर तथा सङ्खुवासभाबाट तराइ जाने तथा तराइ वाट धनकुटा सहित तेह्रथुम भोजपुर तथा सङ्खुवासभा जाने यातायातका साधन बाटैमा रोकिदा सयौँ यात्रु बिचवाटोमै अलपत्र परेका छन् ।
पानीको बहाव बढेको कारण सडक अझैँ क्षति हुने सम्भावना रहेको उनले बताइन्। तत्काल कुनै वैकल्पिक बाटो बनाउने स्थिति नभएको समेत राइले बताइन्।

















