धरान । नेपालमा सर्वाधिक बिक्री हुने बजाज ब्राण्डको मोटरसाइकल आधिकारीक विक्रेता धरानको अर्विन एण्ड ब्रर्दश अटोले एक्सचेञ्ज एण्ड अपग्रेड महामेला गर्ने भएको छ ।
ग्राहकको अधिक माग एवम् विजया दशमी, शुभ दिपावली र छठ पर्वको उपलक्षमा अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले नेपालीहरुको महान चाडपर्वको अवशर पारेर आफ्नै शो रुममा धरान ८ भोटेपुल स्थित महामेला आयोजना गर्न लागेको जानकारी दिए।

मेलामा पुरानो मोटरसाइकलको अधिक मुल्यांकन तथा बजार मुल्यभन्दा १० जार थप मल्यांकन गरिनेछ भने शुन्य प्रतिशत ब्याजदरमा सरल फाइनान्स सुविधा पनि उपलब्ध हुने निर्दशक तामाङले जानकारी दिए ।
प्रत्येक महिना देशभरबाट बम्पर उपहार मार्फत खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकहरुमध्ये एक जनाले १० हजारदेखि १० लाखसम्म नगद जित्न सक्ने उनले जानकारी दिए । मेला अवधिभर प्रत्येक मोटर साइकलको खरिदमा हेल्मेट र लेगगार्ड निःशुल्क प्रदान गरिने निर्देशक तामाङले जानकारी दिए ।

















