No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सखुवाको काठ तस्करी, दुइ राउण्ड हवाइ फायर

फलैचा न्यूज by फलैचा न्यूज
अशोज १५, २०७८
in अपराध, समाचार, स्थानीय
0
सखुवाको काठ तस्करी, दुइ राउण्ड हवाइ फायर
Share on FacebookShare on Twitter

इलाम । इलामको दक्षिणी सीमा भएर बगाएको काठ विहिबार राति वनको गस्ति टोलीले बरामद गरेको छ । पुर्व पश्चिम राजमार्गको झापास्थित कन्काई पुलको करिव दुइ सय मिटर उत्तरबाट चाली बनाएर बगाउँदै ल्याइएका २२ वटा फेन्टा करिव साढे २६ क्युविक फुट सखुवाको काठ बरामद भएको हो ।

चुलाचुली सव डिभिजन वन कार्यालयका जमदार गणेश नेपालको नेतृत्वमा रहेको गस्ती टोलीले काठ ल्याएको पाएपछि बरामद गर्न खोज्दा खोला पारी वारीबाट समेत उनिहरुलाई ढुंगाले हानेर तर्साउने र आक्रमण गर्ने प्रयास भएको थियो । आक्रमणको प्रयास विफल पार्न गस्ति टोलीले दुइ राउण्ड हवाई फायर गरेको जमदार गणेश नेपालले जानकारी दिए ।

बनमा काटिएको फेन्टा काँटी ठोकेर चाली बनाएर त्यहाँमाथि ट्युव बाँधेर भारततर्फ तस्करी हुने गरेको उनले जानकारी दिए। राति नौ बजे खोलाबाट काठ आएको सुचना पाएपछि नेपालको नेतृत्वमा टिका प्रसाद गुरुङ, नर बहादुर कार्की र इन्द्र बहादुर तामा समेतको गस्ति टोली त्यहाँ पुगेको थियो । खोलामा चाली आएको देखेर टर्च बालेर गस्ति टोलीले हेर्दा चालीमाथि रहेका काठ तस्करहरु काठ भएको चाली साइड लगाएर खोलापारी भागेका थिए ।

तस्करहरुले ढुंगा प्रहार गर्न थालेपछि बाध्य भएर हवाई फायर गर्नुपरेको जमदार नेपालको भनाई छ । सोहि रात पुन काठको चाली आउने सुचना पाएर गस्तिमा रहेको टोलीले थप चार वटा चाली अढाइ बजे राति बरामद गरेको छ । थप २४ वटा फेन्टामा २९ कयुविक फिट काठ बरामद गरिएको छ ।

माइखोलाबाट वर्षेनी यसरी नै काठ तस्करी हुने गरेपनि नियन्त्रणमा आउन सकेको छैन । चालीमा ठुल ठुला सखुवाका फेन्टा काँटी ठोकेर ल्याइने भएकाले इलामको महमाई क्षेत्रबाट नै काठ गएको अनुमान गरिएको छ । खुल्ला वन क्षेत्रमा गस्ति कम हुने र समूहका पदाधिकारी निस्क्रिय भएकाले चुरेको घना वन क्षेत्र मासीदै गएको छ । वन समूहका पदाधिकारी केहि तस्करीमा संलग्न भएको पाइएकाले खोजि कार्य जारी रहेको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ ।

 

ShareTweetPin
Previous Post

‘लेटेस्ट’ मोबाइलका लागि धरानमा खुल्यो ग्याजेट गार्डेन

Next Post

धरानमा बजाज एक्सचेञ्ज एण्ड अपग्रेड महामेला, बम्पर उपहारमा १० लाख नगद

Next Post
धरानमा बजाज एक्सचेञ्ज एण्ड अपग्रेड महामेला, बम्पर उपहारमा १० लाख नगद

धरानमा बजाज एक्सचेञ्ज एण्ड अपग्रेड महामेला, बम्पर उपहारमा १० लाख नगद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.