विराटनगर । ६६ औँ प्रहरी दिवस २०७८ को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी. को प्रमुख आतिथ्यमा भएको सो प्रतियोगितामा ब्याडमिन्टन तर्फ १६ टिम, डबल टेबलटेनिस तर्फ १५ टिम र सिंगल टेबल टेनिस तर्फ १२ टिमको प्रतिस्पर्धा भएको थियो ।
डबल ब्याडमिन्टन प्रतियोगितामा बिजेता हुने जिल्ला प्रहरी कार्यालय मोरङका प्र.उ जनार्दन जि।सी। र प्र।ज। जनम राई रहेका छन् भने उपबिजेता हुने १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र।नि। खगेन्द्र एक्तेन र प्र.ना.नि. अबुद्धी दराई रहेका छन् ।
त्यस्तै डबल टेबलटेनिस तर्फ बिजेता हुनेमा १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका प्र.ह. आशाराम चौधरी र प्र.ह. मान बहादुर राजबंशी रहेका छन् भने सिंगल टेबलटेनिस तर्फ बिजेता सोही केन्द्रका प्र.ह. आशाराम चौधरी र उपबिजेता प्र.स.नि. देवी प्रसाद ढकाल रहेका छन् । खेल प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने टिमहरुलाई आगामी असोज २० गते हुने ६६ औँ प्रहरी दिवस २०७८ मा पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ ।

















