No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ११, २०७८
in Uncategorized, राजनीति, समाचार, समाज
0
केराबारीका ७ वडामा एकैदिन माओवादीले बनायो संगठन
Share on FacebookShare on Twitter

केराबारी । देशव्यापी संगठन निर्माणमा होमिएको नेकपा माओवादी केन्द्र यतिबेला आफ्ना कार्यकर्ताको भेटघाट र संगठन निर्माणमा व्यस्त बनेको छ ।

जिल्ला, प्रदेश र केन्द्रमा केन्द्रीत नेताहरु नेकपा विभाजनपछि आफ्ना कार्यकर्ता खोज्दै र संगठित गर्दै गाउँगाउँमा पुग्न थालेपछि कार्यकर्तामा नयाँ उत्साह थपिएको छ । लामो समयपछि कार्यकर्तासहित केराबारी पुगेका राष्टियसभा सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री गोपी आछामीले शनिबार केराबारी ९ मा, प्रदेश सभाका सदस्य तथा मोरङ क्षेत्र नं. १ (क) का सांसद कुशल लिम्बू वडा नं. ५, ६ र ७ मा र प्रदेश कमिटी सदस्य अरुण सुन्दाससहितका विभिन्न नेताहरु केराबारीको वडा नम्बर ३, ८ र १० को वडाभेलामा सम्बोधन गर्न पुगेका थए ।

लामो समयपछि कार्यकर्तालाई संगठित गर्न विभिन्न जनवर्गीय तथा भातृसंगठनका नेताहरु सहित पुगेका नेताहरुलाई माओवादी समर्थक केराबारीका पुराना मतदाताहरुले समसामयिक राजनीतिक घट्नाक्रमभन्दा पनि जनताको परिवर्तन हुने खालका कार्यक्रम ल्याउन सुझाव दिएका थिए । कार्यक्रममा राष्ट्रियसभा सदस्य आछामीले माओवादीले राजनीतिक व्यवस्था परिवर्तन गरेसँगै जनजीविकाको व्यवस्था परिवर्तन गर्न नयाँक्रान्तिको आवश्यकता भएकोमा जोड दिए ।

प्रदेश सांसद लिम्बूले माओवादीले ल्याएको एजेण्डामा देश अघि बढेको बताउँदै माओवादीको राजनीतिक एजेण्डामा हिंड्न नसकेपछि ओलीले दुई पटक संसद विघटन गरी पार्टीलाई पनि विघटनको दिशामा लान खोजेको बताए ।
प्रदेश कमिटी सदस्य अरुण सुन्दासले केपी ओलीको स्वेच्छाचारिताका कारण कम्युनिष्ट एकता धरासायी बनेको बताए । आफू प्रधानमन्त्री हुनका लागि पार्टी एकताको नाटक गरेको र लाखौं जनताको भावनालाई कुठाराघात गर्दै संसद विघटन गरेको उनको भनाइ थियो ।

केराबारी ९ को वडा भेलाले थानेश्वर बरालको संयोजकत्वमा २९ सदस्यीय वडाकमिटी गठन गरेको छ । एकता सामुदायिक वन समूहको सभाहलमा भएको भेलाले वडा नं. ३ मा सन्तोष तामाङको संयोजकत्वमा ४१ सदस्यीय, ८ नं. वडामा मिन प्रसाद आचार्यको संयोजकत्वमा २९ सदस्यीय, १० नम्बर वडामा चकमान लिम्बूको संयोजकत्वमा २९ सदस्यीय वडा कमिटी विस्तार गरेको छ । भेलालाई मेक्लाजुंग गाउँपालिका कमिटी इन्चार्ज प्रेमबहादुर लिम्बू, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष डब्लुविक्रम खाण ठकुरीले बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै शनिवारै सम्पन्न ५, ६ र ७ नं. वडाको भेलाले पनि नयाँ कमिटी गठन गरेको छ । फडिन्द्र विकको संयोजकत्वमा २९ सदस्यीय ५ नं., प्रकाश श्रेष्ठको संयोजकत्वमा २९ सदस्यीय ६ नं. र टेकबहादुर थापाको संयोजत्वमा २९ सदस्यीय ७ नम्बर वडा कमिटी गठन गरेको छ । भेलामा अनेमसंघ जिल्ला अध्यक्ष लता न्यौपाने, प्रेस संगठन मोरङका संयोजक अर्जुन आचार्य, वृहत राष्ट्रिय शिक्षक अभियानका सहसंयोजक श्रीमन्त भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।

ShareTweetPin
Previous Post

थारु चलचित्र तथा साँस्कृतिक संघको अयोजनामा झुम्कामा जितिया महोत्सव हुदै

Next Post

कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश

Next Post
कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश

कानेपोखरीमा एमाले र लिम्बुवानका सक्रिय सदस्य माओवादीमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.