रामधुनी । सरकारी छाप दस्तखत किर्ते गरि ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका ५ तल्लो देउरालीमा डेरा गरी बस्दै आएका ५२ बर्षीय कुमार थापा मगर भन्ने अमर वहादुर लामिछाने रहेका छन् ।
उनलाई बिहिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । लामिछानेलेआफु लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाईदिने भन्दै सर्वसाधरणहरुलाई लोक सेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सो वापत मोटो रकम माग समेत लिए पश्चात लेनदेन प्रकृतीको कागज बनाई झुक्याई ठगी गरेको भन्ने किटानी जाहेरीको आधारमा डेराबाटै पक्राउ गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले उनको कोठाबाट सर्वोच्च अदालत काठमाण्डौ लेखिएको डिजिटल छाप थान (१, लोकसेवा कार्यालय कमलपोखरी काठमाण्डौ लेखेको रवरको छाप थान १ थान, गोप्य लेखेको रवरको छाप १ थान, जिबछ लामिछाने समेत लेखेको रवरको छाप १ थान, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाण्डौ लेखेको रवरको छाप १ थान, प्रहरी निरीक्षक लेखेको रवरको छाप १ थान, उपसचिव लेखेको रवरको छाप १ थान, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप १ थान, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप १ थान, शाखा अधिकृत लेखेको छाप १ थान, लगायत सो सम्बन्धित बिभिन्न कागजातहरु बरामद गरेको छ ।
पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दि को म्यादथप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

















