विराटनगर । ओखलढुंगा खिजिदेम्बा गाऊपालिका ५ ढाडखर्क का ६८ बर्षीय मित्र बहादुर तामाङको धारिलो हरियार खुकुरी र दाऊ प्रहार गरि हत्या भएको छ । हत्यामा गर्नेमा उनकै आफ्नै भाई शेर बहादुर तामाङ र शेर बहादुरका छोरा बिर बहादुर तामाङ रहेका छन् ।
हत्या भएको जानकारी प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय खिजिफलाटेबाट प्रहरी टोली गई खुकुरी सहित हत्यामा सम्लग्न दुवै जनालाई हतियार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले अंशबण्डाको बिषयमा विवाद हुदाँ धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले ज नाएको छ ।

















