No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सङ्खुवासभा हत्याकाण्डका हत्यारा पक्राउ, हत्याकाे कारण खुल्याे (भिडियाे सहित)

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २६, २०७८
in अपराध, समाचार, हेडलाइन
2
सङ्खुवासभा हत्याकाण्डका हत्यारा पक्राउ, हत्याकाे कारण खुल्याे (भिडियाे सहित)
Share on FacebookShare on Twitter

रामधुनी । सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की रहेका छन् ।

उनलाई हत्या भएको पाँच दिनपछि प्रहरीले पक्राउ गरेको हो । हत्यारा लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिज हुन् । आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरसहित ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको प्रदेश–१ प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले आवेशमा आएर हत्या गरिएको भने पनि यो घटना आवेश प्रेरित हत्या हो कि मनासाय प्रेरित हत्या हो भन्ने खुलेको छैन ।

गत भदौ २१ गते विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

शव फरक–फरक चार स्थानमा फेला परेको थियो । संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए ।

हत्या गरिएका तेजबहादुरले ‘हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् । तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ थियो । स्थानीयहरुका अनुसार तेजबहादुरमा अरुलाई हेप्ने ‘प्रवृत्ति’ थियो । तेजबहादुरको प्रवृत्ति लोकबहादुरलाई मन परेको थिएन । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा रहेको छ । सोमबार विहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई बाटोमा कुरेर बसेका लोकबहादुरले अचानक आक्रमण गरेर हत्या गरेको बुझिएको छ । तेजबहादुरलाई हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गएका थिए । घरनजिकै रहेको खोला छेउमा दुवैको उनले हत्या गरेको खुलेको छ ।

आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई समेत लखेटेर बारीमा हत्या गरेका थिए । त्यसपछि घरमा पसेर लोकबहादुरले कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । मृतक सवैको टाउकोमा चोट लागेको छ ।

Tags: सङ्खुवासभा हत्याकाण्डहत्यारा पक्राउहत्यारा लोकबहादुर कार्की पक्राउ
ShareTweetPin
Previous Post

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने लामिछाने पक्राउ

Next Post

सङ्खुवासभा हत्याकाण्डका हत्यारा लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियो सहित)

Next Post
सङ्खुवासभा हत्याकाण्डका हत्यारा लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियो सहित)

सङ्खुवासभा हत्याकाण्डका हत्यारा लोकबहादुर कार्कीलाई प्रहरीले गर्यो सार्वजनिक (भिडियो सहित)

Comments 2

  1. Ivywouch says:
    5 years ago

    [url=https://sildenafilxb.com/]sildenafil rx[/url]

    Reply
  2. Miawouch says:
    5 years ago

    [url=https://cialisws.com/]tadalafil 24 mg[/url]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.