इटहरी । मन्त्रिपरिषद बैठकले यसअघि केपी ओली नेतृत्वको सरकारले बढाएको सामाजिक सुरक्षा भत्ता लागू गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघिको बजेटमार्फत बढाइएको सामाजिक सुरक्षाभत्ता लागू गर्ने निर्णय भएको बताए ।
अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई परिमार्जन गर्न प्रतिस्थापन विधेयकको तयारी सुरू भइरहेका बेला यसअघि घोषित बजेटअनुसार ३३ प्रतिशतले बढेको सामाजिक सुरक्षा भत्तालाई कायम गर्ने निर्णय भएको हो ।

















