नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना कार्यकर्तालाई कसैको दबाब र प्रभावमा नपरी महाधिवेशन सम्पन्न गर्ने बाटोमा लाग्न आह्वान गरेका छन् ।
शुक्रबारदेखि देशव्यापी रूपमा सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई निर्णय लिएर अघि बढ्न आग्रह गरेका हुन् ।
देशमा लोकतन्त्रप्रति निष्ठावान शक्ति आवश्यक भएकाले सानातिना कुरालाई बिर्सेर कठिन संघर्षलाई मूर्त रुप दिनुपर्ने उनको भनाइ छ । उनले कांग्रेसमा लोकतन्त्रप्रति निष्ठावान नेतृत्व आवश्यक रहेको बताए ।
महाधिवेशनमा कोरोनाको महामारीको बेलामा पार गर्दै पार्टीको १४ औँ महाधिवेशन सफल बनाउनुपर्ने बताए । महाधिवेशनमा स्वास्थ्य मापदण्डलाई ध्यान दिएर लाग्न आग्रह गरे ।

















