इटहरी । इटहरी उपमहानगरपालिकामा १ अर्व २५ करोडका परियोजना संचालन हुने भएका छन ।
शहरी विकास मन्त्रालय मार्फत वल्र्डवैकको अनुदानमा आयोजना संचालन गरिने भएको हो । गत वैशाखमा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
पाँच बर्ष भित्रमा सम्पन्न गर्नुपर्ने परियोजनामा भौतिक निर्माणका दुईवटा ठूला योजना छानिने इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो ।
वजार क्षेत्रको ढल निकास, नदि नियन्त्रण वा स्तरीय सडक निर्माण मध्ये कुनै योजना छान्न सकिने बताए ।

















