सुनसरी । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शान्ति सुरक्षा कायमगर्ने सवालमा नागरिकको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीको नवनिर्मित भवन उद्घाटनको क्रममा थापाले प्रहरी महानिरीक्षक एक्लैले केहि गर्न नसक्ने भन्दै विधिको कार्यान्वयन र शान्ति सुरक्षाको काम संगठनमा आवद्ध सम्पूर्ण प्रहरीको सकृय योगदान बाट मात्र सम्भव हुने धारणा व्यक्त गरेका हुन् ।
महानिरीक्षक क्षेत्रीले नागरिकको सहयोग विना प्रहरी एक्लैले केहीगर्न नसक्ने भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउदै सुरक्षा अभियान प्रहरी र जनताको सहकार्यको परिणाम भएको भन्दै महानिरीक्षक थापाले सुरक्षा संवेदनशीलता प्रति सबै नागरिक गम्भिर भैदिए कार्य सम्पादनमा प्रहरीलाई समेत सहज हुने उल्लेख गरे ।
९ करोड ३६ लाख ६७ हजार १ सय २० रुपैंयामा कार्यालय सहित हिरासत, ब्यारेक, नागरिक सहायताकक्ष लगायतका संरचना निर्माण गरिएको छ ।

















