रामधुनी । सुन्दरहरैँचा नगरपालिकाले लुटेरा समुहलाई पक्राउ गरी कानुनको दायरामा ल्याउन सफल प्रहरीहरुलाई सम्मान गरेको छ।
सोमबार नगरले गत श्रावण १ गते वडा नम्बर १० को त्रिवेणी चोकमा रहेको शिव पञ्चायन ज्वेलर्समा स्वचालित हतियार सहित लुटपाट गर्न आएको लुटेरा समुहलाई पक्राउ गर्न सफल प्रहरीहरुलाई सम्मान गरेको हो ।
अहोरात्र खट्ने नेपाल प्रहरी कार्यप्रति नगर सन्तुष्ट रहेको भन्दै प्रहरीले गरेको कामको उच्च मुल्याकन गर्दै सम्मान गरिएको नगर प्रमुख शिव प्रसाद ढकालले जानकारी दिए । उनले नेपाल प्रहरीले लुटेरा समुहलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएको भन्दै मोरङ्ग प्रहरी प्रमुख प्रहरी उपरिक्षक जर्नादन जिसी , प्रहरी नायव उपरिक्षक मञ्जीत मुकारुगं , इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रहरी निरिक्षक सरोज खनाल , प्रहरी नायव निरिक्षक दुर्गा पोमो र प्रहरी जवान हेमराज तामागं लाई नगरले सम्मान गरेको बताए ।
सम्मान कार्यक्रममा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल , उपप्रमुख धनमाया तामागं, प्रमुख प्रशासकीय अधिकृत डा।कृष्णवहादुर घिमिरे लगायत जनप्रतिनिधिहरुले नगद पाँच हजार सहित सम्मान गरेका थिए ।
जनताको जनधनको सुरक्षार्थ प्रहरीको उच्च मनोबल बढाउदै नगरले नगर भित्र पर्ने इलाका प्रहरी कार्यालय, प्रहरी चौकी तथा ट्राफिक प्रहरी पोस्टका लागि भवन निर्माणका भौतिक पूर्वाधार देखि लिएर आवश्यक सहयोग गर्दै आएको छ। नगरले नगरको शुरक्षाका लागी चौक चौकमा अत्याधुनिक प्रबिधि युक्त २४ वटा सिसि क्यामेरा जडान गर्ने नगरप्रमुख ढकालले जानकारी दिए ।
जडन गरिने क्यामेरा नाइट भिजन र ध्वनि क्याप्चर सहितको हुने उनले बताए। नगर प्रमुख ढकालले शान्ति सुरक्षामा नगरमा हाल प्रहरी जनशक्तिको अभाव रहेको भन्दै थप जनशक्तिका लागि पहल गर्न प्रदेश नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अरुणकुमार विसीलाई ध्यानआकर्षण समेत गराएका छन्।
अहिलेको समयमा प्रविधियुक्त अपराध हुन थालेको र त्यस्ता अपराधको अनुसन्धान गर्न समेत प्रविधिकै प्रयोग गर्नु पर्ने प्रदेस नम्बर १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक अरुणकुमार विसीले बताए ।
अपराधमा प्रविधिको प्रयोग हुन थालेको कारण त्यस्ता अपराधहरुको अनुसन्धानका लागि प्रविधिनै प्रयोग गर्नु पर्ने भएकोले प्रहरीलाई तालिम र पुर्वाधार उपलव्ध गराउनु पर्ने प्रहरी नावय महानिरिक्षक विसीले बताए।


















[url=http://sildenafilcmed.com/]generic viagra soft tabs[/url]