No Result
View All Result
Saturday, November 8, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

भुल्के कृषक समूहकी अध्यक्षले कृषकका लागी आएको रकम अनियमितता गरेको आरोप

सुमनकुमार भट्टराई by सुमनकुमार भट्टराई
साउन २५, २०७८
in कृषि, समाचार, स्थानीय, हेडलाइन
0
भुल्के कृषक समूहकी अध्यक्षले कृषकका लागी आएको रकम अनियमितता गरेको आरोप
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको राम धुनी नगरपालिका वडा नम्बर ७ मा रहेको भुल्के कृषक समूहकी अध्यक्ष सोम कुमारी सुनुवार राइले कृषककालागी आएको क्षतिपूर्ति रकममा अनियमितता गरेको स्थानीय कृषकहरूले आरोप लगाएका छन् ।

गत वर्षको चैत्र महिना नगरपालिकाले कृषककालागी ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको बर्खे धानको बिउ नउम्रिएपछि कृषकहरूले विरोध जनाएका थिए । कृषकले विरोध जनाएपछि नगरपालिकाले क्षतिपूर्ति बापत भुल्के कृषक समूहलाई उपलब्ध गराएको रकममा अनियमितता गरेको भन्दै स्थानीय कृषकहरू विरोधमा उत्रिएका हुन् ।

समूहकी अध्यक्षले कृषककालागी आएको १ लाख १ हजार रकमबाट कृषकले खरिद गरेको रकम प्रतिकेजी २५ रुपैयाँका दरले घरघरमा आफूहरूलाई थाहा नदिई पु¥याएको र रकम बुझिएको भनी हस्ताक्षर समेत नगराएको आरोप लगाएका छन् । भुल्के कृषक समूहकी अध्यक्षले कृषककालागी नगरपालिकाले उपलब्ध गराएको ५ सय ५ केजी धानको बिउकोको क्षतिपूर्ति रकम १ लाख १ हजारबाट १२ हजार ६ सय २५ रुपियाँ कृषकहरुलाई दिएर ८८ हजार ३ सय ७५ रुपैयाँ हिनामिना गरेको कृषकहरूले आरोप लगाएका छन् ।

अन्य कृषक समूहका सदस्यहरूले भने प्रतिकेजी २ सयका दरले आफूले क्षतिपूर्ति रकम पाएको भनेपछि आफूलाई थाहा भएको पूर्व अध्यक्ष हेम प्रसाद लिम्बुले बताए । कृषकालागी आएको सेवा सुविधामाथि यसरी कृषक समूहकी अध्यक्षले नै अनियमितता गर्दा आफूहरूलाई दुख लागेको लिम्बुले बताए ।

अन्य समूहले कृषकका लागी क्षतिपूर्ति रकम प्रतिकेजी २ सयका दरले वितरण गरेको तर भुल्के समूहले भने अरू मान्छे प्रयोग गरेर घरघरमा कृषकले खरिद गरेको रकम प्रतिकेजी २५ का दरले उपलब्ध गराए आफूहरूलाई चित्त नबुझेको उनले बताए । आफ्नो कार्यकालमा यस्तो कार्य नभएको उनले बताए ।

यता नेपाली काँग्रेस रामधुनी ७ का वडा सभापति जग बहादुर राईले भुल्के कृषक समूहकी अध्यक्षले अनियमितता गरेको आरोप लगाएका छन् । कृषकले खरिद गरेको रकम प्रतिकेजी २५ का दरले भुल्के कृषक समूहकी अध्यक्ष सोम कुमारी सुनुवार राईले केटाकेटीको प्रयोग गरेर रकम पु¥याउने काम गरेको भन्दै लिम्बुले आपत्ति जनाए ।

साना किसान बक्लौरीका सञ्चालक समितिका सदस्य गणेश बहादुर अधिकारीले भुल्के कृषक समूहकी अध्यक्षले कृषककालागी आएको रकममा अनियमितता गरेको आरोप लगाएका छन् । उनले साना किसानले पनि नगरपालिकाले उपलब्ध गराएको धानको बिउ नउम्रिएपछि नगरपालिकालाई जानकारी गराएको र सबै समूहलाई नगरपालिकाले प्रतिकेजी २ सयका दरले उपलब्ध गराएको जानकारी दिए । साना किसानले आफ्ना समूहका कृषकहरूलाई २ सय प्रतिकेजीका दरले वितरण गरिसकेको जानकारी दिए ।

यस विषयमा भुल्के कृषक समूहकी अध्यक्ष सोमकुमारी सुनुवार राईले फलैचान्यूज सँग टेलिफोन सम्पर्कमा आफूले कृषकालागी प्रतिकेजी २५ का दरले वितरण गरेको बताइन् । उनले बाँकी १ सय ७५ रुपियाँ प्रतिकेजी आगामी भदौ २ गते समूहको बैठक बसेर वितरण गर्ने जानकारी दिइन् ।

यस विषयमा कृषक समूहका सचिव मिलन लिम्बुले बिउ आएको भन्ने सुनेको तर आफूले नदेखेको बताए । सबै अध्यक्षले आफै नै वितरण गरेको बताए । आफूलाई क्षतिपूर्ति आएको भन्ने विषयमा अध्यक्षले जानकारी दिएको तर कति हो भन्ने नभनेको उनले बताए ।

उनले अध्यक्षले आफूलाई खाली चेकमा हस्ताक्षर गर्न लगाएको र कृषकका लागि बिउ तथा रकम वितरण गर्दा आफूलाई थाहा नदिएको बताए । बैठक नबसी अध्यक्षले आफै काम गर्ने गरेको उनले बताए ।

ShareTweetPin
Previous Post

उदयपुरमा ६० लाख खर्चेर बनाइयो सुंगुरको मूर्ति, दशैंसम्ममा उद्घाटन गर्ने (भिडियाे सहित)

Next Post

लुटेरा समुहलाई पक्राउ गर्न सफल भएको भन्दै सुन्दरहरैँचा नगरले गर्यो प्रहरीहरुलाई सम्मान

Next Post
लुटेरा समुहलाई पक्राउ गर्न सफल भएको भन्दै सुन्दरहरैँचा नगरले गर्यो प्रहरीहरुलाई सम्मान

लुटेरा समुहलाई पक्राउ गर्न सफल भएको भन्दै सुन्दरहरैँचा नगरले गर्यो प्रहरीहरुलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.