रामधुनी । फ्रेण्डशिप युवा क्लब रामधुनीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कोरानाको महामारीको समयमा अस्पतालमा रगत अभाब भएका कारण कसैलेपनि रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्दै शनिबार क्लबले रक्तदान गरेको हो ।
रक्तदान कार्यक्रममा ९२ पिन्ट रगत संकलन भएको क्लबले जनाएको छ । क्लबले यसअघि रामधुनी–६, का विभिन्न स्थानमा २ सय ५० वटा वृक्षरोपण समेत गरिसकेको क्लबका अध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।
रामधुनी–६, स्थित इचौलमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रामधुनी नगरपालिकाका नगर प्रमुख जयप्रकाश चौधरी रहेको थिए । विशेष अतिथिका रुपमा रामधुनी–६, का वडा अध्यक्ष हेमनारायण राजधामीको उपस्थिति रहेको थियो ।
क्लबले विपि कोइराला विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा रक्तदान गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

















