रामधुनी । विराटगनरबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । शुक्रबार विराटनगर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।
भारतबाट चोरीबाटोहुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट प्रहरीले २ लाख ८ हजार ५ सय रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको जनाएको छ ।
दिउँसो १ बजेको समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको बेला चेकजाँच गर्ने क्रममा अतुलको साथबाट ५०० दरका भारतिय नोट २०० थान र रोयको ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान , र एकको चार थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको छ ।