रामधुनी । विराटनगरमा ५ दिने फिल्म बनाउने तालिम संचालन हुने भएको छ । विकल्प एन अल्टरनेटिभले फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिने उद्देश्यले विराटनगरमा आगमी भदौ २५ गते देखि २९ गते सम्म फिल्म बनाउने तालिम संचालन गर्ने भएको हो ।
विकल्प एन अल्टरनेटिभल तालिमलाई ३ चरणमा बिभाजन गरेको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने तालिम दिने भएको छ भने दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाउने र अन्तिममा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गर्ने जनाएको छ ।
उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फारम भर्नुपर्ने तालिम आयोजकले जनाएको छ । फारम भरेका हरुमध्येबाट २६ जना सहभागीहरुलाई छनौट गरि तालिम दिइने आयोजकले जनाएको छ ।
तालिम दर्ता शुल्क स्वरूप आयोजकले १९५०/– रुपैया तोकेको छ । फारम भर्ने अन्तिम मिति भदौ १५ गतेसम्म तोकिएको छ ।
१८ बर्ष देखि ३५ बर्षका युवाहरुले यस तालिममा सहभागिता जनाउन सक्नेछन् । तालिममा फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने विकल्प–एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए ।

















