इटहरी । सुनसरीको इटहरीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
इटहरी १ स्थित आँपगाछी चौकमा को १ क ३४४१ नम्बरको दूध बोकेको गाडीले स ५ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोरङ सुन्दरहरैँचा ६ का २५ वर्षीय नरेश यादवको ज्यान गएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
मोटरसाइकलले बाटोक्रस गर्ने क्रमममा अचानक दुर्घटना भएको र दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको प्रहरीको भनाई छ ।

















