इटहरी । रोटरी क्लब इटहरीले पिपुल्स कलेज इटहरीमा संचालित आइसोलेसन सेन्टर लाइ ५ बटा अक्सिजन सिलिण्डर र दुइवटा अक्सिजन कन्सनटेटर प्रदान गरेको छ ।
रोटरी क्लबका पुर्बअध्यक्ष अनन्त बिस्टको पहलमा रोटरी क्ल्ब इटहरी ले ति स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । यसैगरी क्लबकी पुर्ब अध्यक्ष लक्ष्मी थेवेको पहलमा इटहरी अस्पताललाइ ४ वटा फोल्डीग बेड हस्तान्तरण गरीएको छ ।
जिवनको आशा संस्था लगाएत पुर्ब डिस्ट्रिक गभर्नर जयाराज्य लक्ष्मी साहको सहयोगमा इटहरी अस्पताल लाइ प्रदान गरीएको ४ वटा फोल्डिंग बेड इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमलाइ हस्तान्तरण गरीएको हो ।

















