रामधुनी । सुनसरीकाे रामधुनी नगरपालिकामा आवस्यक्ता भन्दा बढी कर्मचारी रहेको पाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकारप्रशाद न्यौपानेले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम पारित गर्न बसेको नगर सभामा बोल्दै ५८ जना कर्मचारी हुनुपर्नेमा अहिले १२५ कर्मचारी रहेको बताए । ‘संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले रामधुनीमा जम्मा ५० जना कर्मचारीले काम चलाउनू भनेको छ ।
त्यसमा कृषि र पशुतर्फको कर्मचारी थप ८ जना गरेर ५८ जना कर्मचारीबाट समग्र नगरपालिका र वडा कार्यालय चलाउनूपर्छ ।’ उनले भने, ‘तर अहिले हामीसँग १२५ जना कर्मचारी हुनुहुन्छ ।’ कर्मचारी विभिन्न स्वरुपका भएको र मिल्दै नमिल्ने पदमासमेत नगरपालिकामा कर्मचारी राखिएको न्यौपाने बताउँछन् । ‘कर्मचारीहरु विभिन्न स्वरुपका हुनुहुन्छ । कोहि करारमा, कोहि ज्यालादारीमा ! मिल्दै नमिल्ने पदहरुमा पनि हामीले कर्मचारी राखेका छौँ’ उनले भने ।
नगर सभामा वडा अध्यक्ष रुद्र बस्नेत र नेकपा एमालेका नगर कमिटी अध्यक्षसमेत रहेका वडा सदस्य योगेन्द्र खड्काले करार र ज्यालादारीमा राखिएका कर्मचारीको करार सम्झौता थप्नुपर्ने बिषय उठाएपछि जवाफमा अधिकृत न्यौपानेले आफु करारका कर्मचारीलाई निरन्तरता दिन नसक्ने बताएका थिए ।
https://youtu.be/V3-sHM3AN3E
करार र ज्यालादारी कर्मचारीलाई पुनः सम्झौता गरेर निरन्तरता दिदा आफुमाथि अख्तियार दुरुपयोगको मुद्दा लाग्ने न्यौपानेको भनाई छ ।
योपनि पढ्नुहोस् ।


















