रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाका वार्ड नम्बर ६ ले वडा सदस्य लक्ष्मी चौधरीले वडाको बजेटमा मनोमानी गरेको भन्दै स्थानियवासीले स्प्रष्टीकारण सहित राजिनामा माग गरेपछि अनियमितताबारे पारदर्शीता सार्वजनिक गर्न छानबिन समिति गठन गरेको छ ।
शनिबार नगर प्रमुख जयप्रकाश चौधरीको उपस्थितीमा वडा सदस्य लिलिया सदाको संयोजकत्वमा ८ सदस्यीस छानबिन समिति गठन गरेको हो ।
गत असार ४ गते स्थायिनवासी र असार ८ गते नेपाल तरुणदल वडा कार्य समितिले वडा सदस्य लक्ष्मी चौधरीले वडाको बजेटमा मनोमानी गरेको भन्दै स्प्रष्टीकारण सहित राजिनामा माग गरेपछि वडा कार्यालयले स्थानियवासी सहितको छानबिन समिति गठन गरेको वडा अध्यक्ष हेमनारायण राजधामीले जानकारी दिए ।
वडा सदस्य चौधरीले वडाबाट सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरुमा आफ्नो श्रीमान सहित परिवारका सदस्य, र आफन्तहरुको प्रयोग गरेर वडाको बजेट मनोमानी ढंगले खर्च गरेको आरोप स्थानियवासीले लगाएका थिए ।
चौधरीमाथी सरकारी ह्यूमपाइप घरमा प्रयोग गरेको, मैनिमा प्रदेश सरकारको १० लाख र वडा कार्यालयको ५ लाख गरी जम्मा १५ लाख रुपैयाँमा बनेको ट्रस पुलको काम पुरा नभएको र गुणस्तरहिन सामान प्रयोग गरेको, कृषककालागि अनुदानमा आएको धानको बिउ विक्रि गरेको, अनुदानमा आएको उन्नत जातको बिउको बोका जेठाजुलाई दिएको, विकास निर्माणको काममा आफ्नो श्रीमानलाई अध्यक्ष बनाएको, मर्मत सम्भार समितिको अध्यक्षमा श्रीमानलाई अध्यक्ष बनाएको, वडा सदस्यलाई कुनै शिर्शक बिनै वडामा ५० हजार माग्न लगाएको, बिपन्न परपवारकालागि आएको राहत सामाग्री मनोमानी ढंगले आफुले रुचाएका व्यक्तिहरुलाई वडाकार्यालयलाई कुनै जानकारी नगराई वितरण गरेको, राहत सामाग्री कुहाएर राखेको लगायतका आरोप लागेका छन् ।
https://youtu.be/V3-sHM3AN3E
वडा कार्यालयले वडा सदस्य चौधरीमाथि लागेको अरोपको विषमा समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन समय दिएको छ । समितिले तयार पारेको प्रतिवेदमा दोषी ठहरे कानुन अनुसारको कार्वाही गरिने नगर प्रमुख जय प्रकाश चौधरीले बताए ।

छानबिन समितिमा वडा सदस्य लिलिया सदा संयोजक, सदस्यहरुमा पुष्प प्याकुरेल,दिनेश कुमार श्रेष्ठ, मिना शेर्पा, चन्द्र बहादुर थिंङ, रेवतराम गुरुङ्ग, ललिता देउजा, वाड नम्बर ६ का वडा सचिव नन्द कुमार श्रेष्ठ रहेका छन् ।
योपनि पढ्नुहोस् ।

















