इटहरी । मोटरसाईकल चोरीको आरोपमा इटहरीबााट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईटहरी उप–महानगरपालिका–२ का ४० बर्षीय सुवास चन्द्र राई, ईटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र ईटहरी १३ का २६ बर्षिय राजेश मेहेता रहेका छन् ।
जेष्ठ १२ गते मोरङको सुन्दरहरैचा नगरपालिका–४ बाट गजेन्द्र राईको नाममा रहेको प्रदेश–१–०५–००१ प.००६१ न.को मोटरसाईकल हराएको भनी जानकारी पाए लगत्तै अनुसन्धान तथा खोजतलासमा खटिएको प्रहरी टोलीले उनीहरुलाई खनारबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















